विश्व बैंकको १५० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्न वार्ता टोली गठन गरिने

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट पुल मर्मत सम्भारअन्तर्गत तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी दिने निर्णय गरिएको हो  ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय सार्वजनिक गरेका हुन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार