हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीमा पनि सम्पत्ति शुद्धिकरणको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीमा पनि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गरेको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरिएकाे जानकारी दिएकाे छ ।

कम्पनीले उच्च पदस्थ व्यक्तिको वर्गीकरण पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिबमोजिम गर्नुपर्नेछ  ।

कम्पनीले आफ्नो ग्राहक उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी बनाइएको संयन्त्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएकाे छ ।

परिपत्र

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार