काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ७ खर्ब ६३ अर्बको रेमिट्यान्स भित्रिएकाे छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह अमेरिकी डलरमा १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड अमेरिकी डलर (रु.७६३ अर्ब ८ करोड) पुगेको हाे ।
विप्रेषण आप्रवाहको वृद्धिदर पछिल्ला महिनाहरुमा एकल अंकमा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १९.५ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१/८२ को ६ महिनासम्ममा चालु खाता रु.१४८ अर्ब १७ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो। अघिल्लो आर्थिक वर्षको ६ महिनासम्ममा रु.२७३
अर्ब ५२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ६ महिनासम्ममा रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ ।