काठमाडौं । नेपाल राष्ट्र बैंकले विदुतीय गाडी (ईभी) को कर्जामा कडाई गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षामार्फत केन्द्रिय बैंकले ईभी कर्जा मूल्यांकन अनुपात घटाएको छ ।
समीक्षा मार्फत व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ । यस अघि ईभीमा ८० प्रतिशतसम्म कर्जा पाइन्थ्यो ।
यस्तै आईसी इन्जिन (पेट्रोल/डिजेल) गाडीमा ५० प्रतिशत कर्जा पाइनेमा अब ६० प्रतिशत पाइने भएको छ ।