काठमाडौं । मंगलबार नेपाली बजारमा अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य बुधबार भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँ घटेर १ लाख ७० हजार ५ सय रुपैयाँ झरेको हो।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च थियो।
यस्तै चाँदीको भाउ पनि आज थोरै घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज केही घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको हो।