काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड फागुन १४ गतेबाट ४० औं वर्षमा प्रवेश गरेको छ ।
यस ३९औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडे ज्यूले समस्त ग्राहकवर्गहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्वपूर्ण योगदान रहेको बताए ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे ज्यूले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरे । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने जानकारी दिए ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ । यस ३९औँ वार्षिकोत्सवमा पनि बैकले आफ्नो सातौं संस्करण “डिजिटल बैंकिङको जादु” नामक चित्र पुस्तक सार्वजनिक गरेको छ । उक्त चित्रकथाको एउटा महत्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरुलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरुको प्रयोग गर्न प्रेरित गराउनु रहेको छ ।
३९औँ वार्षिकोत्सवमा बैंकले ग्राहकवर्गहरु माझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ। जुन खाता ग्राहकले रु.३९ मौज्दात मै खोल्न सकिन्छ भने यसमा रु. ३९ मा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, रु. ३९ मा भर्चुवल प्रिपेड कार्ड सुविधा, रु. ३९ मा डेबिट कार्ड सुविधा, रु. ३९ मा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९% छुट प्राप्त हुन्छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल २८३ शाखा, २६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । उत्कृष्ट सेवा र व्यवसायका लागि ७ वटा ‘बैंक अफ दि एयर’ अवार्ड प्राप्त गरिसकेको यस बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’, ‘बेस्ट बैंक २०२१’ र ‘बेस्ट बैंक २०२३’ का लागि युरोमनी अवार्डहरु प्राप्त गर्न सफल भएको छ ।