CLI

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको छ ।

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।
फागुन १३ गते, मंगबार आयोजित भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै नायव प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।

सिटिजन लाइफ नेपालमा बीमाको दीगो विकास रणनीति तथा बीमाको पहुँच बृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधीमा सिटिजन लाइफले उत्कृष्ट, नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

Leave Your Comment

Related News