CLI

नेष्डो लघुवित्तले बोलायो साधारण सभा, बोनस शेयर र नगद लाभांश प्रस्ताव गर्ने

काठमाडौं । नेष्डो लघुवित्त वित्तीय संस्थाले छैटौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले साधारण सभा आगामी चैत १० गते कुश्मा पर्वत स्थित रोयल कुश्मा रिसोर्टमा गर्न लागेको हो ।

संस्थाले सभामा गत आर्थिक वर्ष सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने आउने रकम बराबरको १९ लाख १२ हजार ५०० नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै गत आर्थिक वर्ष सम्मको मुनाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत हुने रकम बराबरको ३ करोड ६३ लाख ३७ हजार ५०० बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पेश गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

बोनश शेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहि बमोजिम जारी तथा चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार ५०० पुराउने प्रस्ताव समेत स्वीकृत गर्ने तयारी गरेको हो । संस्थाले साधारण सभा प्रयोजनका लागि फागनु २८ गते बुकक्लोज (शेयर दाखिल खारेजी दर्ता कार्य बन्द) गर्ने भएको छ । सो अनुरुप नेपाल स्टक एक्सचेन्ज , नेप्सेमा फागुन २७ गते सम्म करोबार भई शेयर प्राप्त गरेका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने छन् ।

यसका साथै सभामा संस्थाले चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा छलफल गर्ने प्रस्ताव समेत अघि बढाउने भएको छ ।

Leave Your Comment

Related News