निरन्तर ८ दिन बढ्यो शेयर बजार, २८ सय माथि नेप्से सबै सूचक सकारात्मक

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ९.७५ अंकले बढेर ४६९.८२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.६७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ३.५३ अंकले बढेको हो । यो सँगै नेप्से निरन्तर आठ दिन बढेको छ ।
बिहीबार ३०० वटा कम्पनीको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ११ अर्ब ३९ करोड २४ लाख १ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ४८ करोड ३० लाखले बढी हो । मंगलबार ३१२ वटा कम्पनीको १ करोड ७८ लाख ६५ हजार कित्ता शेयर कारोबार हुदाँ कारोकार रकम ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार पुगेको थियो ।

बिहीबार १८६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन शतप्रतिशत समूह परिसूचक बढेको छ । बैंकिङ ४६, विकास बैंक ८७, वित्त ८, होटल र पर्यटन ७६, लगानी १.४२, जीवन बीमा ११३, उत्पादन र प्रशोधन २१२, लघुवित्त ४८, म्युअुचल फण्ड ०.१७, निर्जीवन बीमा ९१, व्यापार ५१ र अन्य समूह २५ अंकले बढेको हो ।

यस दिन सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सिँगटी हाइड्रो इनर्जी र कुमारी बैंक रह्यो । हिमालयन रिइन्स्योरेन्सको ९६ करोड ४७ लाख, नेपाल रिइन्स्यारेन्स कम्पनीको ७६ करोड ४२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४६ करोड ७९ लाख, सिँगटी हाइड्रो इनर्जीको २४ करोड २६ लाख र कुमारी बैंकको २० करोड ३७ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार