काठमाडौं । नेपालकै प्रमुख भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले नयाँ कीर्तिमान स्थापित गर्दै देशको पहिलो र एकमात्र फुल–बडी टाइल संग्रह ‘सेन्टो’ सार्वजनिक गरेको छ। लामिनार टाइल्सले आफ्नो प्रिमियम संग्रहलाई विस्तार गर्दै अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रह बजारमा ल्याएको छ।
‘सेन्टो’ टाइलहरू विशेषगरी प्राकृतिक ढुंगाजस्तै बनावट र सतहका साथ उपलब्ध छन्। यस टाइलको एकदमै विशेषता भनेको यसको सतह र डिजाइन सम्पूर्ण टाइलभरि समान रहने हो, जसको कारण घर्षण र चोइटिएपछि पनि टाइलको रंग र बनावटमा कुनै परिवर्तन हुँदैन।
लामिनार टाइल्सको उत्पादक लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार, ‘सेन्टो’ टाइलहरूले पीइआई रेटिङ्ग ५ प्राप्त गरेका छन्, जसले टाइलहरूको अत्यधिक दिगोपन र मजबुतीलाई प्रमाणित गर्छ। यस कारणले‘सेन्टो टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी र अन्य व्यावसायिक तथा आवासीय क्षेत्रका लागि उपयुक्त छन्।
आन्तरिक परीक्षणका क्रममा ‘सेन्टो’ टाइलहरूले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा प्रस्तुत गरेको छ। १५ मिलिमिटरसम्म मोटाइ भएका ‘सेन्टो’ टाइलहरूले विभिन्न गुणात्मक मापदण्डहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन्।
कम्पनीका अनुसार ‘सेन्टो’ टाइलहरूले दाग प्रतिरोध, घरेलु र स्विमिङ्ग पूलका रसायन प्रतिरोध, र अम्ल र क्षारको उच्च र न्यून सघनता प्रतिरोधजस्ता सबै परीक्षणहरू पार गरेको छ।
नेपालका उपभोक्ताहरू अब घर र कार्यालयका लागि किफायती, टिकाउ र दिगो विकल्पको रूपमा ‘सेन्टो’ टाइलको प्रयोग गर्न सक्नेछन्। यस टाइलले मार्बल र ग्रेनाइटका विकल्पमा आकर्षक डिजाइन र उच्च टिकाउपनाको संयोजन प्रदान गर्ने विश्वास छ।
‘सेन्टो’ टाइल संग्रहको औपचारिक सार्वजनिक उद्घाटन नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहमा गरेका थिए। यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्कृष्ट विकल्प बन्ने आशा गरिएको छ।