पोखरीयामा ५० करोड बराबरको बिकासको काममा सहयोग संचालन गरिनेः मन्त्री गुप्ता

पर्सा । समृद नेपाल खुशि नेपालीको नारा पोखरियाको जनताले व्यवहार महशुस गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताएका छन् । पोखरियामा आयोजना भएको मालपोत तथा नापी कार्यालयको सेवा केन्द्रको उद्घाटनको क्रममा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजकुमार गुप्ताले ग्रामिण क्षेत्रका जनताको आज दिन निकै खुशिको दिन भएको बताए ।

१४ किलो मिटर यात्रा तय गरि बिभिन्न काम लिएर वीरगञ्ज सम्म जानु पर्ने बाध्यता आजबाट समाप्त भएकोले अब पोखरीया सहित ग्रामिण क्षेत्रमा बिकासको काचुलि फेरिने पनि मन्त्री गुप्ताको भनाई छ ।

बिकासको काममा नेपाली काग्रेससंग सहकार्य गर्न पनि पोखरियाका नगर प्रमुखसंग बिशेष अपिल गर्दै मन्त्री गुप्ताले ईलाका प्रशासनको सेवा केन्द्र पनि छिटै संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भारत सरकारको सहयोगमा ३५ करोडको बिकासको योजना संचालन गरेको बताए ।

पोखरिया सहित बिभिन्न तिनवटा सडक निमार्णमा बजेट बिनियोजन गरेको पनि बताए । केहि दिन भित्र भारत सरकारको परियोजना जस्तै चिन सरकारको सहयोगमा १४ अर्बको बिकासको कार्यक्रम ल्याउने सो मध्य ५० करोडको कार्यक्रम पोखरिया प्रदान गर्ने पनि बताए । मन्त्री गुप्ताले आफुले चुनावको बेला गरेको प्रतिब्द्धताहरु पुरा गर्न हरसम्भव प्रयत्न गर्ने पनि बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार