काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवासायी महासंघ जिल्ला शाखा काठमाडौंले पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरुको अमर्यादित विक्रीवितरण भएको सन्दर्भमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवासायी महासंघ जिल्ला शाखा काठमाडौंका अध्यक्ष नारायणप्रसाद दाहाल र अनुगमन समिति संयोजक बिष्णु गिरी लगायत काठमाडौंका पदाधिकारि तथा सदस्यहरुले तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । नगर प्रमुख तथा शिक्षा शाखा प्रमुखहरुलाई भेटि विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेसनरी सामग्रीको विक्री वितरण कार्यलाई रोक्न ध्यानाकर्षणपत्र बुझाएका छन् ।
पत्रमा नेपालको कानुन अनुसार सम्मानित सर्वोच्च अदालतको फैसला २०६८ र नेपाल सरकार संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ समेतले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरु विक्रीवितरण नगर्ने नगराउने भन्ने आदेश भई कानुन बनिसकेको अवस्थामा अझै पनि कानुनको बर्खिलाप हुने गरी विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरुको बिक्री वितरण कार्य भएकाले उक्त कार्य रोक्ने सन्दर्भ पत्रमा लेखिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख तथा शिक्षा शाखा प्रमुखहरुले व्यवसायीका मागप्रति संवेदनशिल रहेको बताउंदै कानुनको बर्खिलाप हुने गरि विद्यालय हाताभित्रबाट हुने अमर्यादित गतिविधि रोक्न पहल गर्ने प्रतिबद्धता जनाएको संयोजक गिरीले बताए ।