सुख्खा बन्दरगाहका लागि अधिग्रहण रहेको जग्गाको मुआब्जा छिटै दिइनेः मन्त्री गुप्ता

वीरगन्ज । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपाल सरकारले वीरगन्ज स्थित सुख्खा बन्दरगाह बिस्तारका लागि अधिग्रहण गरेको जग्गाको पूर्ण मुआब्जा हालसम्म विरण हुन नसकेकोमा आफू चिन्तित रहेको बताएका छन् ।

पर्साको पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यक्रमको उद्घाटन पश्चात् वीरगन्ज बिरगन्ज वडा नम्बर २५ सुख्खा बन्दरगाह स्थित अतिक्रमित गाउँ पुगेका गुप्ताले यस्तो बताएका हुन् ।

वीरगन्ज वडा नम्बर २५ का जनताको समस्या बुझ्न त्यहाँ पुगेका गुप्तालाई स्थानियले स्वागत गर्नुका साथै वडावासिको समस्याबारे संसदीय बैठकमा आवाज उठाउन माग गरेका थिए । मुआब्जा पिडित संघर्ष समितिका बिजय कुमार तिवारीले वर्षैदेखि जग्गा अधिग्रहण गरेर सरकारले पिडितलाई मुआब्जा नदिँदा स्थानियवासी मर्कामा परेको औल्याउँदै यो समस्यालाई तत्काल सम्बोधनका लागि आग्रह गरे ।

भेटघाट कार्यक्रमा भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाँकी रहेको मुआब्जा सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाई सकिएको जनाउँदै समस्याको सामधान तुरुन्तै हुने आश्वासन दिए ।

सरकारले सुख्खा बन्दरगाह विस्तारका लागि वीरगनज वडा नम्बर २५ को करिब ३ सय घरधुरी भएको ६२ बिघा जग्गा सात वर्ष अघिदेखि रोक्का गरेर राखेको छ ।

कार्यक्रममा मुआब्जा पिडित संघर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सन्जु छत्तकुली, सन्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेल लगायतको सहभागिता रहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार