काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रति तोला २ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुुन प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रति तोला चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।