ट्रम्पले इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका बताएका छन् ।

चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताए । अमेरिकाको युरोपेली संघसँग करिब ३ सय अर्ब डलरको घाटा छ। अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप उनको छ ।

इयुले मूलतः कृषि उत्पादनहरू स्वीकार नगर्ने उनको भनाइ छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार