कमी, कमजोरी पहिचान गरी सुधार गर्दै देश विकास गर्छौ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरू मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताए । उनले नागरिकले सरकारकै सुनिश्चितता छैन कसरी देश विकास गर्छौ रु भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको बताए ।

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबै कुरा व्यक्त गर्ने अधिकार रहेको भएपनि अधिकारको मात्र कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपुर्‍याउने बताए । राजनीतिक स्थायित्व भए मात्रै देशको अर्थतन्त्र सुदृढ र विकासका कामहरू अघि बढ्नसक्ने उनको भनाइ छ । जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको जिकिर गरे ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार