बन्दाको मूल्य प्रतिकिलो १५ रुपैयाँ, अन्य तरकारीको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलकाे मूल्यसूची सार्वजनिक गरेकाे छ ।

आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी रु ५०, भारतीय ठूलो गोलभेँडा प्रतिकेजी रु ६० र तराई सानो गोलभेँडाको मूल्य प्रतिकेजी २२ रुपैयाँ छ । भारतीय र नेपाली दुवै रातो आलुको मूल्य किलोमा ३३ रुपैयाँ छ भने भारतीय सुकेको प्याजको मूल्य ७० रुपैयाँ निर्धारण गरिएको छ  । यसदिन स्थानीय र तराई बन्दाको मूल्य किलोमा १५ रुपैयाँ, स्थानीय काउली २५ र ज्यापु काउली प्रतिकिलो ३० रुपैयाँ रहेको छ ।

रातो मूला प्रतिकिलो ४५, सेतो मूला प्रतिकिलो १८ र हाइब्रिड मूला प्रतिकिलो २५ रुपैयाँमा पाइन्छ । फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी र हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५ रुपैयाँ रहेको छ ।

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्य

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार