११ अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ११ अर्बको ट्रेजरी बिल नविकरण गर्दैछ ।
आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।

कार्यालयका अनुसार ९१ दिनका लागि ६ अर्ब ४ करोड बराबरको र १८२ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८२ जेठ २१ गते र २०८२ भदौ १७ गते भित्र परिपक्व हुनेछ । ९१ दिन र १८२ दिन अवधि रहने ट्रेजरी बिलको लागि सोमबार १० बजे देखि ३ बजेसम्म आवेदन दिन सकिने छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

यसअघि फागुन १२ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ५ अर्ब बराबरको ट्रेजरी बिलका लागि १६ अर्ब ३ करोड बराबरको बोल परेको थियो । जसमा औषत छुटदर २.९३२९ प्रतिशत रहेको थियो । अर्को ३६४ दिनको लागि ७ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ७ अर्बको ट्रेजरी बिलका लागि १९ अर्ब ९४ करोड बराबरको बोल परेको थियो । जसमा औषत छुटदर २.९९८४ प्रतिशत रहेको थियो ।

पछिल्लो सयम ट्रेजरी बिल बिक्री नभए सँगै कार्यालयले ११ अर्बको नविकरण गरेको हो । । ट्रेजरी बिलको छुटदर ३ प्रतिशत भन्दा पनि तल रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार