साङ्ग्रिला डेभलपमेन्ट बैंकको ४३ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले ४३ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएपछि सञ्चालक समिति बैठकबाट उक्त संस्थापक शेयर बिक्रीको प्रक्रिया अघि बढाइएको हो ।

बैंकले रामहरि केसीका नाममा रहेको १५ हजार २०७, जीवन श्रेष्ठका नाममा रहेको ३ हजार ६७ र नारायणबहादुर गुरुङका नाममा रहेको २४ हजार ८५२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । पहिलो चरणमा संस्थापक शेयरधनीले खरिद गर्नसक्नेगरी उक्त शेयर बिक्रीमा ल्याइएको थियो । तर ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीले निवेदन नदिएपछि सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि उक्त शेयर खरिद गर्न सूचना जारी गरिएको हो ।

इच्छुक व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौँमा निवेदन दिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार