काठमाडौं । ङादी ग्रुप पावरका लिमिटेडले आज (फागुन २०) देखि अवितरीत हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।
कम्पनीले गत पुस २३ देखि माघ २९ सम्म कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाको आधारमा सोही बराबरको शतप्रतिशत हकप्रद शेयर निष्काशनमा ल्याएको थियो । आजदेखि कम्पनीले सो अवधिमा १ बराबर १ अनुपातमा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन नपरेको अवितरित हकप्रद बिक्री खुला गरेको हो ।
कम्पनीले अवितरीत ८ लाख ७३ हजार ६१.२२५ कित्ता शेयर बिक्री गर्न लागेको हो । हकपद खरिदका लागि इच्छुक लगानीकर्ताले फागुन २८ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।