फागुन २७ देखि पौने १५ लाख कित्ता आईपीओ बिक्री गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ ल्याउने भएको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १ लाख ८० हजार कित्ता निष्काशन गरेको थियो । दोस्रो चरणमा ९० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ३ ५४ हजार कित्ता शेयर छुट्याएको थियो ।

फागुन २७ देखि बिक्री तथा निष्काशन गर्न लागिएको आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा चैत १२ सम्म म्याद थिप गरिनेछ । न्युनतम १० कित्तादेखि अधिकतम् १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले रहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार