CLI

ललितपुरको टिकाथलीमा बोरिङबाट आगोको ज्वाला निस्कियो

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट अचानक आगोको ज्वाला निस्किएको छ। करिब ९ सय फिट ९३ सय मिटर० गहिराइसम्म खन्दा आगोको ज्वाला निस्किएको हो ।

बोरिङका लागि पाइप गाडिएको स्थानबाट आगोको ज्वाला निस्किएपछि स्थानीयवासी र मजदुरहरू त्रसित भएका छन्। आगो निभाउने विभिन्न प्रयास गरिए पनि हालसम्म सफल हुन सकेको छैन। प्रारम्भिक अनुमानअनुसार, भूमिगत ग्यासको कारणले आगोको ज्वाला निस्किएको हुन सक्ने बताइएको छ।

घटनापछि बोरिङ गर्ने कार्य रोकिएको छ भने आगो नियन्त्रणका लागि आवश्यक पहल भइरहेको छ। स्थानीय प्रशासन र प्राविधिक टोली घटनास्थलमा पुगेर अनुसन्धान तथा जोखिम न्युनिकरणका उपाय खोजिरहेका छन्।

Leave Your Comment

Related News