काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोला १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ६९ हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ छ ।
यस्तै चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ थियो ।