काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.३१ अंकले घटेर ४७५.२७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.०१ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स १.६१ अंकले घटेको हो ।
मंगलबार ३१८ वटा कम्पनीको २ करोड ६३ लाख ८९ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार पुगेको छ । जुन सोमबारको तुलनामा १ अर्ब ३३ करोड ८० लाख १७ हजारले कम हो । सोमबार ३०० वटा कम्पनीको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार पुगेको थियो ।
मंगलबार ४१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस शतप्रतिश उप समूह घटेको छ । बैंकिङ १५, विकास बैंक २३, वित्त ६१, होटल र पर्यटन ६७, जलविद्युत ४२, लगानी २, जीवन बीमा १०२, उत्पादन र प्रशोधन १७४, लघुवित्त ७५, म्युअुचल फण्ड ०.११, निर्जीवन बीमा १५०, व्यापार ३६ र अन्य समूह २ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स कम्पनी, सिन्धु विकास बैंक, घल्मेदी हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ९ करोड ३०लाख , नेपाल रिइन्स्यारेन्स कम्पनीको ६४ करोड २५ लाख, सिन्धु विकास बैंकको ४७ करोड १३ लाख, घल्मेदी हाइड्रोपावरको ३९ करोड १० लाख र युनिभर्सल पावर कम्पनीको २७ करोड ५२ लाख बराबर कारोबार भयो ।