काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा रहेकोमा आज खरिदमूल्य १३९ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ ९३ पैसा रहेको छ ।
यस्तै आज युरोपियन युरो र बेलायती पाउन्डसहितका मुद्राको मूल्य वृद्धि भएको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १८ पैसा रहेको छ । मंगलबार युरो एकको खरिददर १४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४१ पैसा थियो ।
यसैगरी यसदिन पाउन्ड एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा कायम भएको छ । हिजो पाउन्ड एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा रहेको थियो ।