काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समुहको ९७,७९३ कित्ता शेयर प्रति कित्ता न्युनतम मूल्य रु.१००/- (एक सय मात्र) वा सो भन्दा बढी मूल्यमा बोलकबोल बिधिबाट बिक्री गर्ने भएको छ ।
बिक्रिमा रहेको शेयर खरिद गर्न चाहने ईच्छुक योग्य व्यक्ति / कम्पनी / संघ / संस्थाहरुले २०८१ फागुन २१ गते देखी २८ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ । यस अघि बैङ्कले बैङ्कका हाल कायम शेयर धनीलाई बिक्रिमा रहेको शेयर खरिदको लागि ३५ दिने सुचना जारी गरेर शेयर खरिद गर्न आब्हान गरेको थियो ।
शेयर खरिदको लागि बोलपत्र आवेदन फाराम १०० रुपैँया भुक्तानी गरी प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौबाट प्राइने कम्पनीले जनाएको छ शधेयर खरिदको लागि फारम भर्दा फाराम पेश गर्दा स्पष्ट रुपमा भरेको हुनुपर्नेछ जनाईएको छ । बोलपत्र पेश गर्दा न्युनतम ९७,७९३ कित्ताको लागि आबेदन दिनु पर्नेछ ।
संस्थापक शेयर खरिद गर्न चाहनेहरुको हकमा नेपाल राष्ट्र बैंकबाट तोकिएको Fit & Proper Test बमोजिमका कागजात अनिवार्य पेश.गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।
शिलबन्दी बोलपत्रहरु मिति २०८१ चैत १ गते बिहान ११:०० बजे प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा बोलपत्रदाता वा निजद्वारा लिखित रुपमा नियुक्त प्रतिनिधिको उपस्थितिमा खोलिने कम्पनीले उल्लेख गरेको छ ।