काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थापक शेयर खरिदबिक्री र नामसारीसम्बन्धी नयाँ व्यवस्था गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै अनुमतिपत्र प्राप्त भएको मितिले ५ वर्षसम्म संस्थापक शेयर खरिद बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ ।
तर आधुनिक प्रविधि भित्र्याउन पूँजी थप गर्नुपर्ने अवस्था वा दुई वा दुईभन्दा बढी संस्था एक आपसमा गाभिई नयाँ लगानीकर्ता थप गर्दा वा अन्य कुनै मनासिव कारणले संस्थापक शेयर खरि/बिक्री गर्नुपर्ने औचित्य पुष्ट्याई हुने अवस्थामा बैंकको स्वीकृति लिई संस्थापक शेयर खरिद बिक्री गर्न भने सकिने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ ।
यस्तै संस्थापक शेयरको खरिद/बिक्री वा नामसारी गर्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने, स्वीकृतिको लागि सञ्चालक समितिको सिफारिस तथा अन्य शेयरधनीको लिखित सहमतिसहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।