CLI

एमबीएल इक्विटी फण्डको १२ करोड इकाइ बिक्री खुला

काठमाडौं । एमबीएल इक्विटी फण्डको प्रति इकाई अंकित मूल्य रु.१० दरको बाह्र करोड इकाइ बिक्रीका लागि खुला गरिएको छ ।

बीज पूँजी बापत न्यूनतम एक करोड असी लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको पन्ध्र प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक लिमिटेडका लागि १४ प्रतिशत अर्थात एक करोड अड्सठ्ठी लाख इकाई तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडका लागि १ प्रतिशत अर्थात बाह्र लाख)इकाई सुरक्षित राखी बाँकी दश करोड बीस लाख इकाईको बिहीबारदेखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोहो ।

खरिदकर्ताले न्युनतम १०० र अधिकतम १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । इकाइ खरिदका लागि फागुन २६ गतेसम्मको समायवधि रहेको छ भने ढिलोमा चैत ७ गते निष्काशन बन्द हुनेछ ।

Leave Your Comment

Related News