CLI

आजदेखि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ खुला

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ आज (बिहीबार) देखि बिक्री खुला भएको छ । पहिलो चरनमा वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्काशन गरी बाँडफाँट गरेपश्चात् आजदेखि सर्वसाधारणका लागि आइपीओ खुला भएको हो ।

क्रेस्ट माइक्रो लाइफले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात् २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि  र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधरणका लागि निष्काशनमा ल्याएको हो ।

आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिभित्र आवेदन नपरेमा चैत ७ गतेसम्म म्याद थप गरिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

Leave Your Comment

Related News