काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा बैठकले कुलमानलाई हटाउनका लागि ऊर्जामन्त्री दीपक खड्कालाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कुलमानलाई ऊर्जामन्त्रालयले पनि स्पष्टीकरण सोधेको थियो, जसको जवाफमा उनले आफूलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई नभएको बताएका थिए । उनले जवाफमा भनेका थिए, ‘म नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयानुसार नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा १७ (१) अनुसार ४ वर्षको लागि नियुक्त भएको हुँ । निवेदकलाई सेवाबाट हटाउनेबारे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्यासम्बन्धी ऐन २०१० को दफ १६, नेपाल सरकारको कार्यसञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची १ को क्र.सं. ३३) र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सवा शर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ को विनियम २४ अनुसार मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्छु।’