बलेफी हाइड्रोको १ करोड ६५ लाख कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै छ । संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीका लागि बाँडफाँट गरिएको उक्त शेयरको लकइन अवधि चैत २९ गते देखि लकइन अवधि समाप्त हुन लागेको हो ।

संस्थाले १ करोड ४६ लाख २३ हजार ७६० कित्ता संस्थापक शेयर, १८ लाख २७ हजार ९७० कित्ता स्थानिय बासिन्दाको शेयर र ७३ हजार ११९ कित्ता कर्मचारीहरुलाई बाँडफाँट गरेको शेयरको लकइन अवधि सकिन लागेको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८(१) बमोजिम संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँट २०७८ चैत २९ गतेले ३ वर्षसमाप्त नभएसम्म संस्थापक शेयरधनीहरुले प्रदान गरिएको शेय, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको शेयर लकइनमा राख्नु पर्ने व्यवस्था भए बमोजिक लकइनमा राखिएको हो । साथै सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने पदमा रहेसम्म तथा पदबाट हटेपनि एक वर्षसम्म शेयर खरिद बिक्री गर्न पाइने छैन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार