CLI

नेपाल लाइफले चैत २ गते सञ्चालकको निर्वाचन गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत २ गते सर्वसाधारण शेयरधनीहरू (समूह ख) को स्थगित सञ्चालकको निर्वाचन प्रक्रिया पुनः थाल्ने भएको छ।

कम्पनीको गत माघ २८ गते बसेको २५ औं वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीहरू (समूह ख) को निर्वाचन स्थगन गरी बाँकी अन्य प्रस्तावहरू पारित गरेको थियो।

सोही स्थगित निर्वाचनको बाँकी प्रक्रिया चैत २ गते शनिबार पर्साको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि थाल्ने कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिले निर्णय गरेको हो।

Leave Your Comment

Related News