काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०३ अंकले बढेर ४७०.६० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.१० अंकले घट्दा र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३७ अंकले बढेको हो ।
बिहीबार ३१० वटा कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम १० अर्ब १० करोड १८ लाख १७ हजार पुगेको छ । जनु बुधबारको तुलनामा ८७ करोड ८ लाख ३७ हजारले कम हो । बुधबार ३०८ वटा कम्पनीको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख ५४ हजार पुगेको थियो । साथै यस दिन बजार पुँजीकरण रकम ४६ खर्ब ७९ अर्ब ८८ करोड रह्यो ।
बिहीबार १०० वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ४ वटा उपसमूह बढ्दा बाँकी ९ वटा उप समूह घटेको छ । बैंकिङ ०.४३ , विकास बैंक १०८, उत्पादन र प्रशोधन १९, लघुवित्त ३ अंकले बढ्दा वित्त ७, होटल र पर्यटन ३९, जलविद्युत २, लगानी ०.१६, जीवन बीमा ११५, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा ६, व्यापार १० र अन्य समूह १८ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, घल्मेदी हाइड्रोपावर र फस्र्ट माइक्रोफाइनान्स रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब १२ करोड ८३ लाख, नेपाल रिइन्स्यारेन्स कम्पनीको १ अर्ब ८ करोड १ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३४ करोड १७ लाख, घल्मेदी हाइड्रोपावरको ३१ करोड ५७ लाख र फस्र्ट माइक्रोफाइनान्सको २६ करोड ४७ लाख बराबर कारोबार भयो ।