काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त माग गरेका हुन्। उनले गैर सरकारी संस्थाहरु एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बदनाम गरिएको उल्लेख गरे।
उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए । अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेर मात्र गैरआवासीय फिर्ता गर्न समेत हुने माग गरेका छन्।