काठमाडौं । तीन दिन निरन्तर घटेको अमेरिकी डलरको मूल्य शुक्रबार बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ३९ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा रहेको छ । पछिल्ला तीन दिनमा अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा थियो।
यस्तै आज युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राकाे भाउ बढेको छ । यसदिन युरोपियन युरो एकको खरिददर १ सय ५० रुपैयाँ २ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १ सय ४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९३ पैसा थियो ।
यसैगरी आज बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।