एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको ऋणपत्र बिक्रीमा ल्याएको हो ।

उक्त ऋणपत्रको अवधि १० वर्षको रहनेछ भने ब्याजदर वार्षिक ७.५० प्रतिशत तोकिएको छ । ३० लाख कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र बै‌ंकले व्यक्तिगत तबरबाट बाँडफाँट गर्ने र १२ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिने बैंकले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार