काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । शुक्रबार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले घटेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँ थियो ।

