अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

शनिबार अमेरिकी डलरको भाउ घटेको छ। हिजो एक अमेरिकी डलरको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेकोमा शनिबार एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ।

युरोको भाउ भने शनिबार बढेको छ।

युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रूपैयाँ १४ पैसा तोकिएको छ। शुक्रबार एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा थियो।

अस्ट्रेलियन डलरको भाउ भने घटेर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा कायम भएको छ। शुक्रबार यसको भाउ एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा थियो।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रूपैयाँ १७ पैसा र बिक्रीदर १७९ रूपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रूपैयाँ ४४ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९७ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ २७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४० पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार