बीमा कम्पनीहरुको ६ अर्ब बढीको हकप्रद स्वीकृति अन्तिम चरणमा, बोर्डको अनुमति पर्खर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेको बीमा कम्पनीहरुको हकप्रद स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा रहेको छ । बीमा कम्पनीहरुको ६ अर्ब ३ करोड भन्दा बढीको हकप्रद शेयर निष्काशन स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा अर्थात् पाइपलाइनमा रहेको हो । नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा दिएको निर्देशन बमोजिम बीमा कम्पनीहरुले उक्त रकम बराबरको हकप्रद निष्काशन गर्न लागेका हुन् ।

बोर्डका अनुसार ३ वटा जीवन बीमा र ४ वटा निर्जीवन बीमा गरी ७ वटा बीमा कम्पनीहरुको हकप्रद शेयर पाइपलाइनमा रहेको हो । जसमा सन नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन् ।

बीमा कम्पनीहरुले पनि चुक्ता पुँजी वृद्धिको निर्देशन अघि बढाउन लागि विकल्पको रुपमा हकप्रद निष्काशन गर्न लागेको हो । यो सँगै कम्पनीहरुले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेर हकप्रद निष्काशन लागि बसेका छन् ।

हकप्रद निकाल्ने तयारीमा रहेका बीमा कम्पनीहरु :

सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्सले १:०.२७ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.२७ को अनुपातले १ करोड ६ लाख ९६ हजार कित्ता बराबर १ अर्ब ४७ करोड ६४ लाखको हकप्रद निष्काशन गर्नेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले १ः०.४२ का अनुपातका दरले १ करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले १ अर्ब ४२ करोड ७९ हजार बराबरको हकप्रद ल्याउन गर्न लागेको हो ।  कम्पनीले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ः०.१७ अनुपातका दरले ७३ लाख ३  हजार २ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले  ७३ करोड ३  लाख २० हजार बराबरको हकप्रद शेयर निष्काशन  गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशन गर्नको लागि  सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल इन्स्योरेन्स
नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०ः४ का अनुपातले हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ६५ लाख ७६ हजार कित्ता बराबर ६५ करोड ७६ लाख ९३ हजारको हकप्रद ल्याउन गर्न लागेको हो ।  कम्पनीले हकप्रद निष्काशन गर्नको लागि  एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ः०.५०१५ का अनुपातले हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ८३ लाख ५० हजार कित्ता बराबर ८३ करोड ५० लाख १३ हजार बराबरको हकप्रद ल्याउन गर्न लागेको हो ।  कम्पनीले हकप्रद निष्काशन गर्नको लागि एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्स
युनाइटेड अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ः०.१५ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ३१ लख ५० हजार कित्ता बराबर ३१ करोड ५० लाख बराबरको हकप्रद ल्याउन गर्न लागेको हो ।  कम्पनीले हकप्रद निष्काशन गर्नको लागि  लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स
सानिमा जिआइसी इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०ः२.५ का अनुपातले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले ५० लाख कित्ता बराबर ५० करोड बराबरको हकप्रद ल्याउन गर्न लागेको हो ।  कम्पनीले हकप्रद निष्काशन गर्नको लागि  सिटिजन क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार