एनएमबि बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय नियुक्त

काठमाडौं । एनएमबि बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय नियुक्त भएका छन् । बैंकले वैशाख १० गतेदेखि लागु हुने गरी उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

उपाध्याय हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा छन् ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार