क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ  ।  कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरिएको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

यसमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार