काठमाडौं । सरकारले आन्तरिक रोजगार प्रवद्धन दशक घोषणा गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालायले एक कार्यक्रम गर्दै २०२५–०३५ लाइै आन्तरिक रोजगार प्रवद्धन दशक घोषणा गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशिलतामा जोड दिनुपर्ने बताएका छन् । उनले रोजगारी प्रवद्धन दशकको अर्थ उद्यमशिलता वृद्वी गर्ने दशक रहेको उल्लेख गरे । जस्ले रोजगारीको सिर्जना गर्ने उनको भनाई छ ।
उनले भने, ‘आन्तरिक रोजगारी प्रवद्धन दशक भन्नुको अर्थ उद्यमशिलता वृद्धीको दशक हो, जसले आन्तरिक रोजगारी सिर्जना गर्छ ।’ सरकारले आजै आन्तरिक रोजगार प्रवद्धन कार्यक्रमको समेत शुभारम्भ गरेको छ ।