काठमाडाैं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव राजेन्द्र कुमार पौडेलले पाएका छन् ।
यसअघिका प्रवक्ता, सहसचिव नरहरि घिमिरेको गृह मन्त्रालयमा सरुवा भएपछि सहसचिव पौडेललाई आयोगको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
आइतबारदेखि पौडेललाई प्रवक्ता तोकिएको आयोगले जनाएको छ ।
प्रवक्तासँग सम्पर्क गर्नका लागि ०१-५२६२२३०, ९८५१२३३२८१ नम्बरमा फोन गर्न सकिने आयोगले जनाएको छ ।