काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघ सम्ममा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मुनाफा कमाएका छन् । गत आवको यसै अवधिको तुलनामा वाणिज्य बैंकहरुको औसत् नाफा १.६२ प्रतिशतले बढेको हो । गत आवको माघ महिनासम्म बैंकहरुले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले चालु आवको माघसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ९८ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रो बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
साथै चालु आवको माघसम्म एभेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
साथै चालु आवको माघसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
साथै चालु आवको माघसम्म राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।