उच्च अंकले घट्यो शेयर बजार, पौने २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । सोमाबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.५३ अंकले घटेर ४५९.७६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.२७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.२१ अंकले घटेको हो ।

सोमबार ३११ वटा कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार पुगेको छ । जुन आइतबारको तुलनामा १ अर्ब ७१ करोड ५५ लाख ९९ हजारले कम हो । आइतबार ३१५ वटा कम्पनीको २ करोड २७ लाख २६ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ९ करोड ३६ लाख ५४ हजार पुगेको थियो । साथै सोमबार बजार पुँजीकरण रकम ४५ खर्ब ६८ अर्ब ६१ करोड पुगेको छ ।

सोमबार ४४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १ वटा उपसमूह बढ्दा बाँकी १२ वटा उप समूह घटेको छ । अन्य समूह २ अंकले बढ्दा बैंकिङ ६ , विकास बैंक ४३, वित्त १९, होटल र पर्यटन ६७, जलविद्युत ४३, लगानी २, जीवन बीमा ५८, उत्पादन र प्रशोधन ८७, लघुवित्त ३२, निर्जीवन बीमा ८८ र व्यापार ७० अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, घल्मेदी हाइड्रोपावर र गार्डियन माइक्र लाइफ इनस्योरेन्स रह्यो । नेपाल रिइन्स्यारेन्स कम्पनीको ७३ करोड ५० लाख, हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख, एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख, घल्मेदी हाइड्रोपावरको ३३ करोड ४७ लाख र गार्डियन माइक्र लाइफ इनस्योरेन्सको ३० करोड ४२ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार