काठमाडौं । नेपाल राष्ट्र बैङ्कले डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता डिजिटल बैकिङ कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि Unsecured नेटवर्क प्रयोग गर्दा बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हन सक्ने जनबाएको छ ।
यस्ता नेटवर्कमा विभिन्न ह्याकर र वित्तीय अपराधीहरूसमेत जोडिएका हुन सक्छन् जसले महत्वपूर्ण वित्तीय विवरणमा पहुँच पुयाई सोको दुरुपयोग गर्न सक्ने भएकाले आफ्नो व्यक्तिगत तथा बैकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्न केन्द्रीय बैङ्कले अनुरोध गरेको छ ।
अनलाइन बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी, कारोबार गर्ने पासवर्ड र पिन कोड समय-समयमा परिवर्तन गर्न पनि राष्ट्र बैङ्कले भनेको छ । सार्वजनिक स्थानका wi-fi नेटवर्क प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहन पनि आम नागरिकमा अनुरोध गरको छ ।