सानिमा जिआईसी इन्स्योरेन्सको साधारण सभा हुँदै लाभांस प्रस्ताव पारित गर्ने

काठमाडौं ।सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौ वार्षिक साधारण सभा २०८१ साल चैत २१ गते विहान ११:०० बजे अमृतभोग, कालिकास्थान, काठमाडौंमा बोलाएको छ  ।

साधारण सभामा सामान्य प्रस्तावको रुपमा कम्पनीको सातौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,कम्पनीको लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०८०/०८१ आषाढ मसान्तको वासलात, २०८०साउन १  देखि २०८१असार ३१ सम्मको नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने,कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

यसको साथै संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी  २,००,००,००,०००/- मा ०.३९४७ प्रतिशतका दरले नगद लाभांश ७८,९४,७३७/- अठहत्तर लाख चौरानब्बे हजार सात सय सैतिस पारित गर्ने । बिशेष प्रस्ताव अन्तर्गत संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी २,००,००,००,०००/- मा ७५ प्रतिशतका दरले १५,००,००,०००/- पन्ध्र करोड को बोनश शेयर पारित गर्ने ।  बोनश शेयर जारी गर्दा जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।

साधारण सभाले छैठौ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरि १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने सहितका प्रस्ताब पारित गर्ने छ ।

साधारण सभा प्रयोजनार्थ २०८१ चैत ८ गते बुक क्लोज गर्ने छ । साधारण सभामा भाग लिन र प्रस्तावित लाभांस प्रापत गर्न बुक क्लोजको अघिललो दिन कायम शेयर धनी मात्र योग्य हुने कम्पनीले जनाएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार