काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष श्री पृथ्वी बहादुर पाँडेले बैङ्कको सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधारी समक्ष पद तथा शपथ ग्रहण गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकबाट अध्यक्षमा चयन भएका पृथ्वी बहादुर पाँडे निर्बाचित भएका थिए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र सहित नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।