काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक र कर्मचारिले कुपन्डोल, ललितपुरमा रहेको जननी फर्टिलिटी क्लिनिक मा सेवा लिए बापतको लाग्ने दस्तुरमा छुट पाउने भएका छन् । बैङ्क र जननी फर्टिलिटी क्लिनिक ष छुट दिने बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिक मा ५% औषधी छुट, १०% प्याथोलोजि टेस्टर छुट र डाक्टर परामर्शमा ५०% सम्म छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ूको उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” ९भर्चुअलक्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।