काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले घटेको छ । । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ६९ हजार ९०० रुपैयाँमा करोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ७० हजार ४०० रुपैयाँ थियो ।
चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।